Monday, November 14, 2022

world diabetics day Nov14

 पोखरा 

नेपाल विकास समाज र पोखरा बिस्वबिद्यालयका जनस्वस्थ्य संकायका बिद्यार्थी द्वारा पोखरामा बिभिन्न कार्यक्रमका साथ विश्व मधुमेह दिवस  मनाएको छ। बिस्व भरिका स्वास्थ सस्था हरुले यो दिवस हरेक वर्ष नोवेम्बर महिनाको १४ गते मनाउने गर्दछन। 

                                                                                     

कार्यक्रमको प्रारम्भमा र्यालीको आयोजना भयको थियो।  र्यालीमा सस्थाको प्राङ्गड बाट सुरु भइ सिसुवा मन्दिर परिक्रमा गरि फर्कियको थियो उक्त र्यालीमा करिब ३० जना भन्दा बढीको सहभागिता रहेको थियो।

 


र्याली पश्चात फेरी पोखरा वार्ड न. ३२ मा रहेको राधाकृष्ण बृद्ध आश्रम मा गइ रक्तचाप परिछ्यद र रगत मा चिनिको मात्रा कति छ भनि रगत चेक गरिएको थियो। पोखरा बिश्व बिद्यालय का जनस्वस्थ्य संकायक बिद्यार्थी द्वारा मधुमेहको रोकथामका उपाय, यसबाट हुने जोखिम, खानपानमा ध्यान दिनु पर्ने कुरा र अस्वस्थ्य जिवनसैलि परिबर्तन गर्ने बिसयमा प्रकास पारे। 



















@नवराज चापागाई 

पोखरा बिस्वबिध्यालय 

0 comments:

Post a Comment